कांग्रेस महामन्त्री मतगणना : गगनको सुरुवाती अग्रता, कसकाे कति ?

लोकपथ
1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महामन्त्रीको मतगणना जारी छ । प्रारम्भिक चरणमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाको अग्रता देखिएको छ । १०० मत गणना गर्दा थापाको अग्रता देखिएको हो ।

प्रारम्भिक चरणमा गगन थापाको ७०, डा. प्रकाशशरण महतको ३१, विश्वप्रकाश शर्माको ३४, डा. मीनेन्द्र रिजालको २१ र प्रदीप पौडेलको २७ मत रहेको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीका उम्मेदवार राजाराम कार्कीले भने एक मत पनि ल्याएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?