आगो निभाउन खोज्दा एक जनाको मृत्यु

RSS
49
Shares

जाजकोट । जंगलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ ।

हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पुर्‍याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले बताए । हेलिकोप्टर भाडासमेत उद्यारो भएकाले कसरी रकम जुटाउने भन्ने समस्या भएको शाहीले बताए । लामाको गए राति मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?