काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतदानको मतगणना सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा केही बेरअघि मतगणना सुरु भएको हो ।
कांग्रेसको महामन्त्रीका दुई सिटका ६ जना मैदानमा रहेका छन् । जसमा सभापति शेरबहादुर देउवाका प्यालनबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् । त्यसैगरी डा. शेखर कोइरालाको प्यानलबाट गगन थापा र डा. मीनेन्द्र रिजाल रहेका छन् । त्यस्तै प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको प्यालनबाट राजाराम कार्की उम्मेदवार छन् ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार अवको चार घण्टामा मतपरिणाम सार्वजनिक हुनेछ ।
बुधबार बिहान आएको नतिजा अनुसार सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । भने बुधबार रातिको नतिजा अनुसार उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हासिल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया