काँग्रेसको उपसभापति पदका उम्मेदवार महेश आचार्यले पार्टीको महाधिवेशनमा सम्पूर्ण ऊर्जा गुटगत चुनावी प्रतिस्पर्धामा रित्तिए झैं भएको टिप्पणी गरेका छन् । महाधिवेशन विचार र नीति बहसमा केन्द्रित हुन नसकेको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘प्रिय साथीहरू, महाधिवेशनमा उत्साहपूर्ण सहभागिताका लागी बधाई। यद्यपि यो महाधिवेशन विचार र नीति बहसमा केन्द्रित हुन सकेन र हाम्रो सम्पूर्ण ऊर्जा गुटगत चुनावी प्रतिस्पर्धामा रित्तिए झैं भय’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर पनि देशैभरिका साथीहरूको कांग्रेस पुनर्निर्माणको संकल्प भने महसूस हुनेगरि प्रकट भयो।’
उनले महाधिवेशनका बेला आफूप्रति शुभेच्छा प्रकट गर्ने सबैमा आभार प्रकट गर्दै विजयी उम्मेदवारलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया