उपसभापतिको मतगणनामा शेखर पक्ष पछि पर्‍यो

लोकपथ
91
Shares

नेपाली काँग्रेसको उपसभापति पदको जारी मतगणनामा शेरबहादुर देउवा पक्षका पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता बनाएका छन्। बुधबार राति साढे १० बजेको अपडेटअनुसार ३५५८ मत गन्दा खड्काले १६३४ मत पाउँदा गच्छदारले १४४३ मत पाएका छन् ।

यसैगरी चन्द्र भण्डारीले १२५७, दिव्यश्वरी शाहले ११७, धनराज गुरुङले १४३७, महेश आचार्यल ४२३ र सुजाता कोरालाले ४३८ मत पाएका छन् । भण्डारी र गुरुङ शेखर कोइराला पक्षका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?