पण्डित बाजेको लौरीको ‘चोली तुना’ गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘पण्डित बाजेको लौरी’ को चोली तुना बोलको गीत सार्वजनिक भएको छ । गीतलाई ‘ठमेल बजार’ की मीना निरौला र श्रीकृष्ण बम मल्लले स्वर दिएका छन् ।
त्यस्तै गीतलाई कृष्ण केसीले लेखेका हुन् भने गीतको भिडियोलाई विक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् ।

दीपक ओलीले निर्देशन गरेको फिल्म एक गाउँमा हुने पण्डितको कथामा निर्माण भएको छ । सार्वजनिक गीत रोमान्टिक छ भने गाउँले परिवेशलाई उतारिएको छ । भिडियोमा सन्ध्या केसी हाबी भएकी छिन् भने प्रविण खतिवडा, मरिष्का पोखरेल, विजय बराल, भोलाराज सापकोटा लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

यो फिल्मको कथा, पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । त्यस्तै फिल्मलाई थमन कुमार भण्डारीले फिल्ममा लगानी गरेका हुन् भने किशोर खड्का सह निर्माताका रुपमा रहेका छन् । त्यसतै फिल्ममा छायांकन विदुर पाण्डे र सम्पादन मित्र डी. गुरुङको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?