धनराज गुरुङले देउवालाई सोधे, ‘के सौदा गरेर सभापति जित्नु भयो ?’

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार धनराज गुरुङले शेरबहादुर देउवालाई अन्य नेताहरूसँग सौदा गरेर सभापति पद जितेको आराेप लगाएका छन् ।

शेखर कोइराला पक्षले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा गुरुङले देउवालाई यस्तो आरोप लगाएका हुन् ।

‘मेरो सभापति शेरबहादुरजीसँग आग्रह छ । तपाइँ जित्नु भयो, के के गरेर जित्नु भयो ? के सौदा गर्नुभयो ? कहाँकहाँ कसलाई कुनामा लिएर जानु भयो ? त्यो तपाइँका कुरा, हामी औँला उठाउँदैनौँ,’ उनले भने, ‘प्रजातन्त्रमा हारलाई स्वीकार गर्ने स्वभाव प्रजातन्त्रवादीहरुको हुनुपर्छ । थाहा छ हामीलाई के के भएको हो ? अहिले यत्रो विधि पत्रकाहरू, तपाइँहरूको अगाडि भन्दिनँ । मेरो स्तरले त्यो सुहाउँदैन् ।’

गुरुङले देउवालाई पार्टी भित्र व्यक्तिभन्दा नीति र सिद्धान्तलाई प्रधान मानेर काम गरे आफूहरूले पनि सहयोग गर्ने बताए ।

उनले भने, ‘जे गरेर जिते पनि हाम्रो नेता तपाइँ, तपाइँ हाम्रो सभापति । हामी तपाइँलाई सहयोग गर्न तयार छौँ । तर, त्यो सहयोगको सर्त के भयो भने पार्टीलाई नीति प्रधान बनाउनु होस् ।अनि हामी सहयोग गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?