चितवन । यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले बिहीबारदेखि कागजी सवारीचालक अनुमतिपत्र नवीकरणको काम सुरु गर्ने भएको छ ।
यही मंसिर ८ गतेदेखि स्मार्ट अनुमतिपत्रको नवीकरण प्रक्रिया सुरु गरेको यस कार्यालयले सबै प्रक्रिया पूरा गरी बिहिबारबाट काम सुरु गर्न लागेको हो ।
कार्यालयका प्रमुख विनोद पौडेलका अनुसार कागजी अनुमतिपत्रको नवीकरणमा केही समस्या भएका कारण ढिला गरी काम सुरु गरिएको हो । कागजी अनुमतिपत्रमा ६० प्रतिशत समस्या आउने भएकाले काम ढिला गरी सुरु गरिएको उनको भनाइ छ ।
सवारीचालक अनुमतिपत्र जारी गर्न केही समय लाग्ने भएकाले अहिले प्रतिलिपि जारी गर्न कठिन भएको उनले जानकारी दिए ।
दैनिक ३० जना हाराहारीले नविकरण गर्ने गरेको जनाउँदै उनले हालसम्म यहाँबाट २ सयभन्दा बढी नविकरण फर्म भरेका बताए । चालु आर्थिक वर्षभित्रै सवारीचालक अनुमतिपत्र जारी गर्ने गरी काम भइरहेको उनले जानकारी दिए ।
सवारी चालक अनुमति पत्र नविकरण गर्न हेटौँडा जानुपर्ने बाध्यता भने हटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया