शेखर काेइरालालाई गगन थापाको सुझाव : ४० प्रतिशतको भाग खोज्ने होइन, जिम्मेवारी बोक्नुहोस्

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीका प्रत्यासी गगन थापाले आफ्नो समूहबाट सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइरालाई भागबण्डाको राजनीति नगरी जिम्मेवारी बोकेर काम गर्न सुझाव दिएका छन् ।

सभापतिमा पराजित कोइरालाले ४० प्रतिशत मत ल्याएको भन्दै उनले सो ४० प्रतिशतलाई सभापतिमा निर्वाचित शेरबहादुर देउवासँग भाग नखोजेर भागबण्डाको राजनीति तोडेर मतदाताको जिम्मेवारी बोकेर काम गर्न सुझाव दिए ।

नवनिर्वाचित सभापति देउवाले गुट त्यागेर काम गर्नुपर्ने भन्दै उनले सभापति गुटको नेता बन्न नहुने बताए । बुधबार आयोजित धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्व परिवर्तन गर्नुपर्ने बताएकाहरू अन्ततः पुरानै नेतालाई समर्थन गर्ने विषयमा भने प्रश्न गरिरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?