१८ आश्विन २०७९, मंगलवार

सभापतिज्यू ! अब गुटको होइन कांग्रेसको सभापति बन्नुहोस् : गगन थापा

२०७८,मङ्सिर,२९,बुधबार १६:५८

153
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई अबको ‘इनिङ’मा गुटको नभइ सिंगो पार्टीको सभापति बन्न सुझाब दिएका छन् । १४औं महाधिवेशन समापनपछि काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले अघिल्लो पटक सभापति हुँदा जुन व्यवहार शेरबहादुर देउवाले देखाएका थिए त्यो यसपटक सुधार हुने विश्वास लिएको पनि बताए । उनले भने, ‘अघिल्लो पटक जस्तो वालुवाटार, बुढानिलकण्ठमा गुटको बैठक अब पक्कै हुँदैन होला । उहाँ हामीसँग बैठक बस्नुअघि गुटको बैठकबाट निस्कनु हुन्थ्यो ।’ अब त्यसो नभएर हामी सबैको साथ पाउने गरी उहाँले काम गर्ने उनले बताए । उनले भने, ‘किनकी पार्टी सभापतिको गुट हुनु हुँदैन ।’ उनले कांग्रेसलाई २०६० सालको जस्तो सर्वस्वीकार्य पार्टी बनाउन अनुरोध पनि गरेका छन् ।

यस्तै, उनले आउँदै गरेको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई अझै बलियो बनाउने गरी लैजान पनि सुझाव दिए । उनले भने, ‘अहिले हामी कम्युष्टिहरू नमिले मात्रै जित्ने अवस्थामा छौं । अबको निर्वाचनमा कांग्रेस अरु पार्टी नमिले मात्रै जित्ने अवस्था आउनै दिनु हुँदैन । यसका लागि तत्काल १०–१५ लाख मतदाता थप्ने अभियानमा हामी लाग्नु पर्छ ।’

प्रकाशित मिति: २०७८,मङ्सिर,२९,बुधबार १६:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले व्यक्तिमुखी र स्वार्थी रवैयालाई प्रवद्र्धन गरेको भन्दै मधेस राजनीति र आन्दोलनको

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि २३ असोजको मिति तोकेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौं दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधाना गरेकी छिन् । राष्ट्रपति भण्डारीले शीतल

हिन्दू धर्मावलम्बीहरुको महान चाड, दसैँ । जो हामीमाझ छ । उसो त विगतका २ वर्षभन्दा यसपालीको दसैँको चहलपहल राम्रै छ

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४