कोरोना अपडेट : थपिए २८० संक्रमित, ११२ जना आईसीयूमा

काठमाडौं । पछिल्लो २४ घण्टामा २८० जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । कुल ११ हजार ९९४ जनामा परीक्षण गरिँदा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ३०० संक्रमित निको भएको पनि जनाएको छ । यस्तै सोही अवधिमा ६ जना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । हाल देशभर  ५६३५ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११८ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ८९, भक्तपुरमा ९ र ललितपुरमा २० जना संक्रमित थपिएका हुन् ।

नेपालमा हाल टेस्ट पोजेटिभ दर २.७ प्रतिशत रहेको छ । हाल पाँच हजार ३५३ जना होम आइसोलेसनमा र २८२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

अस्पतालमा उपचाररतमध्ये ११२ जना आईसीयू तथा २५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?