सेयर बजारमा पुन: गिरावट, कारोबार रकम भने बढ्यो

लोकपथ
169
Shares

काठमाडौं । आज (बुधबार) सेयर बजारमा पुन: गिरावट आएको छ । मंगलबार सर्किट ब्रेक गरेर बन्द भएको बजारमा आज गिरावट देखिएको हो ।

सुरुवाती चरणमा उकालो लागेको बजारमा खुलेको एक घण्टापछि उतारचढाव देखिन थालेको थियो । बजार बन्द हुँदासम्म सेयर बजारमा ४.२३ अंकको गिरावट देखिएको छ । आज बजार घटे पनि कारोबार रकममा भने वृद्धि देखिएको छ ।

यसदिन नेप्से परीसूचक ४.२३ अंकले घटेर २४१४.६२ बिन्दुमा पुगेको छ ।
यता, सेन्सेटिभ परिसूचक पनि ०.८९ अंकले घटेर ४५९.४१ बिन्दुमा पुगेको छ ।

आज कुल २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमा ८ समूहको सेयर मूल्य बहेको छ भने बाँकी ५ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

बुधबार ९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ८४ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन ।

बैंक, माइक्रोफाइनान्स, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स र अन्य कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ ।

दिव्यश्वरी हाइड्रोपावर, सामलिङ पावर कम्पनी, मल्टिप्रपोस फाइनान्स, आँखु खोला जलविद्युत कम्पनीलगायतको सेयर मूल्य बढेको छ । त्यस्तै, सबैभन्दा मूल्य घट्ने कम्पनीहरूमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्सलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?