११ शूत्र जसले तपाईँलाई सफल बनाउँछ

 सफल हुने मन कसलाई नहोला र ? कति जना केही नगरेर असफल छन् त कति जना जति गरे नि सफल हुन सकेका छैनन् । विश्वका विभिन्न सफल व्यक्तित्वहरु के भन्छन् त सफलताका बारेमा ? हेर्नुहोस उनीहरुका केही विशेष भनाईहरु :-

–  सफलता भनेकै नौँ पटक लड्नु र दश पटक उठ्नु हो । – जोन बन जभी 

–  सफलता सजिलै प्राप्त गर्न सकिन्छ । जे सही हो त्यसलाई उचित समयमा सही तरिकाले गर । –आर्नोल्ड एच ग्लासो 

–  एउटा निराशावादीले हरेक अवसरमा समस्या देख्छ भने एउटा आशावादीले हरेक समस्यामा अवसर । –विन्सटन चर्चिल 

–   यदि तिमी साँच्चै नै आफ्नो ईच्छा अनुसार कुनै काम गरिरहेछौ भने तिमीलाई कसैले ढकेल्नु पर्दैन । तिम्रो अन्तर्मनले तिमीलाई डोर्याउँछ । –स्टिभ जब्स् 

–    संसारमा दुई प्रकारका मानिस छन् जसले तिमीलाई केही गर्नबाट रोक्छन् :-

१) जो आफू सफल हुन सक्दैनन् 

२) जो तिमी सफल भएको हेर्न चाहाँदैनन् 

–   हामी भविष्यबाट डराउन होइन भविष्यलाई बनाउन जन्मिएका हौँ । – बाराक ओबामा

–   यदि तिमी सूर्य जस्तै चम्किन चाहान्छौ भने त्यसैगरी जल्न सिक । – ए.पि.जे अब्दुल कलाम 

–   गरिब भएर जन्मनु तिम्रो गल्ती होइन तर गरिब भएरै मर्नु तिम्रो ठूलो गल्ती हो । – बिल गेट्स 

–   जहाँ छौ, जे छ, जे सक्छौ गर । –थिओडर रुजवेल्ट 

–   मात्र एउटा चिजले तिमीलाई तिम्रो सपना पूरा गर्नबाट रोक्न सक्छ :- हार्ने डर । –पाउलो कोएल्हो 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?