एसएसपी खत्रीको बयान सकियो, थुनछेक बहस सुरु

बिराटनगर । साढे ३३ केजी सुन काण्डका अभियुक्त एसएसपी श्याम खत्रीको बयान सकिएको छ । 

बिहीबार बिहान जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेलगत्तै खत्रीको बयान सुरु भएको थियो ।

उनको थुनछेक बहस केहीबेरमा सुरु हुने जिल्ला अदालतले जनाएको छ । 

त्यस्तै साढे ३३ केजी सुन प्रकारणमा मुछिएपछि फरार रहेका खत्रीको खोजीका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो ।

खत्रीको बयानले सुन तस्करी प्रकरणको माथिल्लो नेक्सस खुल्ने अपेक्षा गरिएको छ ।

त्यस्तै सुन तस्करीका मुख्य अभियुक्त चुणमणि उप्रेती ‘गोरे’ले बयानमा खत्री विमानस्थलमा रहँदादेखि नै एक किलो सुन पास गराउँदा उनले ५० हजार लिने गरेको बताएका थिए । 

खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?