आईपीओ जारी गर्ने प्रस्तावसहित माइखोला हाइड्रोपावरले डाक्यो वार्षिक सभा

लोकपथ
156
Shares

काठमाडौं । माइखोला हाइड्रोपावरले २२ पुसमा साधारणसभा डाकेको छ । आईपीओ निष्काशन गर्ने प्रमुख एजेण्डासहित कम्पनीले केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ बजे सभा आह्वान गरेको हो ।

सभाले कम्पनीको आईपीओ निष्काशनबारे विशेष निर्णय गर्ने जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा–नोक्सानसम्बन्धी पनि सभामा छलफल हुनेछ ।

आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेण्डा प्रस्ताव गर्ने कम्पनीको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?