काठमाडाैं । अन्जु पन्तको स्वरमा गीत ‘किन दुख्छ मुटुु’ सार्वजनिक भएको छ । हरि आचार्यले लेखेको गीतमा नवीन कार्कीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ ।
माधव केसी, लाजिना सुवेदी, सिम्रन कार्कीसँगै गीतकार आचार्य समेत भिडियोमा देखिएका छन् ।
मदन कस्यपले खिचेको भिडियो नवल नेपालले निर्देशन गरेका हुन् ।
गीतमा धन र मायालाई तुलना गरिएको छ । धनकाे अगाडि माया फिक्का हुने गरेको तितो यथार्थ गीतले प्रस्तुत गरेको छ ।
भिडियाे हेर्नुहाेस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया