पानी कतिको पिउनु हुन्छ ?

गर्मी लागेसँगै पानीको कमीका कारण शरीरमा समस्याहरु देखिन थालेका छन् । 
कारण हो कि हामी पर्याप्त पानी पिइरहेका छैनौं । पानीको कमी हुँदा शरीरमा विभिन्न किसिमका परिवर्तनहरु आईरहेका हुन्छन् । तपाईले पनि अनुभुति गर्नुभएको होला कि पानी कम पिएको समयमा पिसाब पोल्ने समस्या हुन्छ । 
एउटा वयस्क औसत मानव शरीर ५५ देखि ६० प्रतिशत पानीले बनेको हुन्छ । यस्ता लक्षण देखिएपछि हामीले शरीरमा तरल पदार्थ खासगरी पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ । शरीरमा आवश्यक पानीको मात्रा पुगे नपुगेको कसरी थाहा पाउने  तलका लक्षण देखिएमा तपाईंको शरीरमा पानीको मात्रा कम भयो भनेर बुझे हुन्छ ।

छाला सुख्खा हुनु, लोसनले पनि काम नगर्नु 

ऋतुअनुसार हाम्रो छालामा परिवर्तन आउनु सामान्य हो । जाडोमा हाम्रो छाला सुख्खा र निर्जीवजस्तै हुन्छ । छाला सुख्खा हुँदा  छालामा रहेको ग्रन्थीबाट निस्कने चिल्लो पदार्थको कमी हुन्छ र यस्तो अवस्थामा छालाको चिल्लोपना कायम राख्न पर्याप्त मात्रामा मोस्चराइजर लगाउनु पर्छ। 

यसबाहेक अरु बेला मोस्चराइजर लगाइरहँदा पनि तपाईंको छाला सुख्खा हुन्छ र फुट्छ भने तन्तनी पानी खानु भए हुन्छ । जब पानीको कमी भएपछि छालाले स्वाभाविक चमक र 
 सौन्दर्य गुमाउँछ, त्यसबेला छालालाई सबैभन्दा बढी पानी नै चाहिन्छ ।

मुख सुक्नु र धेरै तिर्खा लाग्नु 

कतिपयले ख्याल नगर्ने तर शरीरमा पानी कम भएको अर्को लक्षण हो, मुख तथा जिब्रो सुख्खा हुनु र टाँसिनु । साथै यसको अर्को लक्षण धेरै तिर्खा लाग्नु । दुवै अवस्थामा शरीरमा पानीको कमी पूरा गर्न पानी खाइहाल्नुहोस् ९किनभने मुख मरुभूमिजस्तो सुख्खा भयो भने नराम्ररी गन्हाउँछ० त्यसतो मुख लिएर मान्छेको छेउ जाँदा कसलाई कम्फर्टेबल फिल होला र । 

यो लक्षण उल्लेख गर्नु किन पनि आवश्यक छ भने मुख सुक्नु र धेरै तिर्खा लाग्नु अर्को कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्छ । 

टाउको दुख्नु 

टाउको दुख्नु शरीरमा पानीको मात्रा कम भएको अर्को लक्षण हो। चड्किएर दुखेको टाउको मिनेटैपिच्छ झन् झन् फुट्ला जस्तो गरि बढ्छ भने पानीको कमी भएको बुझ्नु पर्छ । यस्तो बेला एकाग्र हुन नसक्ने र धैर्यता गुम्दै जान्छ । पर्याप्त पानी पिए यी समस्या हट्दै जान्छ । 

नेस्नल हेडेक फाउन्डेसन ९एनएचएफ०का अनुसार शरीरमा पानीको कमीले माइग्रेन निम्त्याउँछ । एनएचएफको सुझाव छ– टाउको दुखेका बेला पानीमात्र खाने र गुलिया वा नुनिला खानेकुरा नखाने । किनभने यी खानेकुराले पानीको कमी अझ बढाउँछन् ।

सधैं थकित 

दैनिक रुपमा नियमित र पर्याप्त निद्रा सुनिश्चित  गर्नुहोस् । सधैं नियमित रुपमा पर्याप्त सुते पनि तपाईं जतिबेला पनि थकित वा अल्छी महसुस गर्नु हुन्छ भने शरीरमा पानीको कमी हुनसक्छ।थकाइले तपाईंका चेतना र एकाग्रतामा असर पार्नुका साथै शरीरमा आलस्यता पनि बढाउन सक्छ । तर दिनभर बढी मात्रामा पानी पिएर यस्तो अवस्था सुधार गर्न सकिन्छ।

शरीरको वजन बढ्नु 

तपाईं पत्याउनुहोस् नपत्याउनुहोस्, कम्मरको बढ्दो मोटाइले तपाईं पर्याप्त मात्रामा पानी खाइरहनु भएको छैन भन्ने बताउँछ । विभिन्न अध्ययनले दिनमा कम्तीमा पनि ५ सय मिलिलिटर ९आधा लिटर० पानी खाँदा पनि यसले पाचन क्रिया ३० प्रतिशत बढाउने देखाएका छन् । र, यसमा कुनै आश्चर्य मान्नु पर्दैन । त्यसैले अधिकांश स्वास्थ्य तथा पोषणविदहरूले शरीरको उपयुक्त वजन बढ्न नदिन वा वजन घटाउन पानीको मात्रा बढाउने सल्लाह दिन्छन् । 

 शरीरमा पानीको अलिकति पनि कमी हुनासाथ मस्तिष्कमा मिश्रित संकेत पुग्ने र हामीले भोक लागेको अनुभव गर्छौं, जबकि हामीलाई खानेकुराको नभएर पानी चाहिएको हुन्छ । तपाईंले भोजन गर्नुअघि एक÷दुई ग्लास पानी खानु भयो भने यसले तपाईंको भोजनको मात्रा घटाउँछ, अर्थात तपाईं धेरै खान सक्नुहुन्न र तपाईँको वजन पनि केही हदसम्म घट्छ ।

अपचको समस्या

यदि तपाईंलाई शौचालयमा पेट खाली गर्न धेरै समय लागिरहेको छ भने शायद तपाईंले पानीको मात्रा बढाउन आवश्यक छ । तपाईंको शरीरलाई पचिसकेको खानेकुरा पेटबाट बाहिर निकाल्न तरल पदार्थको आवश्यकता परेको कब्जियत भएबाट सहजै बुझ्न सकिन्छ । दीर्घ कब्जियत र अपचको कारण नै पानीको कमी हो ।
 पानीको मात्रा बढाउनासाथ तपाईं आफैं कब्जियत कम हुँदै गएको अनुभव गर्न सक्नु हुन्छ । कब्जियत कम भएन भने चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।

मुत्रनलीको संक्रमण 

मुत्रनलीको संक्रमण अत्याधिक कष्टदायक हुन्छ भन्ने एकपटक यसको अनुभव गरिसकेका व्यक्तिसँग सोधे प्रष्ट हुन्छ । युटिआई ९युरिनरी ट्र्याक्ट इन्फेक्सन० यौनांग र मलद्वारको राम्रो सफाईको कमीका कारणले हुने भए पनि  
मुत्रनलीमा संक्रमण हुने अर्को मुख्य कारण पानीको कमी पनि हो । पर्याप्त पानी पिउनाले मुत्रथैलीबाट ब्याक्टेरिया पानीले बगाएर बाहिर निकाल्छ र ब्याक्टेरिया मुत्रथैलीमा फैलन पाउँदैन । 

शरीरमा पानीको कमी भएको एउटा लक्षण पिसाबको रंग गाढा हुनु वा पिसाब कम लाग्नु वा पिसाब पोल्नु पनि हो । यस्तो लक्षण देखिनासाथ पानीको मात्रा बढाउनुहोस् ।
 
झर्किने र झन्किने 
तपाईं जतिबेला पनि  झर्किन र कसैले केही बोल्नासाथ झनक्क झन्किन थाल्नुभयो भने पनि शरीरमा पानीको कमी भयो भनेर बुझ्नुपर्ने हुन्छ । तपाईंलाई आश्चर्य लाग्ला यस्तो बेला तपाईंलाई अरु केही होइन, एक गिलास पानीको आवश्यकता छ यी समस्याको समाधान गर्न भन्यो भने । केही अध्ययनले सामान्य डिहाइड्रेसनले पनि स्नायविक÷मानसिक परिवर्तन हुने र त्यसको प्रभाव हाम्रो मानसिक क्षमता र एकाग्रतामा पर्नुका साथै झर्किने र झनक्क रिसाइहाल्ने जस्ता परिवर्तन हुने देखाएका छन् ।

यसभन्दा पनि उदेकलाग्दो त के छ भने हाम्रो शरीरमा आवश्यक पानीको मात्राभन्दा १ प्रतिशत मात्र पानीको कमी हुँदा समेत यस्ता नकारात्मक प्रभाव पर्छ । त्यसैले फेरि पनि तपाईं धेरै झर्किन र झनक्क रिसाउन थाल्नुभयो अनि त्यसको कुनै कारण पत्ता लगाउन सक्नु भएन भने थपक्क एक(दुई ठूलो गिलास पानी पिउनुहोस् र आफ्नो मुड ठीक पार्नुहोस् ।

 

मांसपेशी बाउँडिने 

मांसपेशी एकै ठाउँमा डल्लो पर्नु वा खास गरी पिंडुला बाउँडिनु अत्यन्तै कष्टदायक  हुन्छ । यस्तो बेला अधिकांश व्यक्ति शरीर तन्काउने वा मालिस गर्ने गर्छन् । तर यसको उपचार अत्यन्त सरल छ, पानी पिउनु । किनभने शरीरमा पानीको कमी भएपछि नै मांसपेशी बाउँडिने गर्छ ।

 विभिन्न अध्ययनले पानीको कमी ९डिहाइड्रेसन० र मांसपेशी बाउँडिनुबीच सम्बन्ध देखाएका छन् । किनभने हामीले थोरै पानी खाँदा रक्त सञ्चार नै मन्द हुन्छ। डिहाइड्रेसन भएपछि मस्तिषकले महत्वपूर्ण अंग बचाउन शरीरमा भएको तरल पदार्थ र पानी मांसपेशीबाट त्यता पठाउँछ र मांसपेशी बाउँडिन्छ । 

पानीको कमीले शरीरमा हुनुपर्ने सोडियम र पोटासियमको मात्रा तलमाथि हुन थाले स्थिति अझ बिग्रन्छ । त्यसैले पर्याप्त पानी खान अत्यन्त महत्वपूर्ण छ, खासगरी गर्मीमा र व्यायामका बेला ।

पर्याप्त पानी खाएको कसरी थाहा पाउने 

दैनिक कति पानी पिउनु पर्छ भन्ने सम्बन्धमा अनेकौं भनाइ छन् । पछिल्लो समय भएका अध्ययनले भने लिंग र शरीरको आकार र वजन अनुसार पिउन आवश्यक पानीको मात्रा बताउने गरेका छन् । उदाहरणका लागि एक जना साढे ६ फिट अग्लो व्यक्तिले दैनिक ८ ग्लास पानी पिउनु कम हुनसक्छ भने ४ फिट १० इन्च अग्लो व्यक्तिका लागि यति नै पानी पिउनु धेरै हुन सक्छ ।

अमेरिकाको मिनेसोटास्थित ‘द मायो क्लिनिक’ ले इन्स्टिच्युट अफ मेडिसिनको निर्देशिका उल्लेख गर्दै सामान्य अवस्थामा पुरुषका लागि १३ कप र महिलाका लागि ९ कप दैनिक पानी पिउनु पर्याप्त हुने जनाएको छ । तर व्यायाम गर्नु हुन्छ वा पसिना आउँछ भने योभन्दा बढी पानी पिउनु आवश्यक छ । त्यसमाथि पनि मानिसको जीवनशैली, खानपान र शारीरिक बनावट अनुसार आफूलाई कति पानी पर्याप्त हुन्छ मनन गरेर आफ्नो शारिरीक क्षमता अनुसार पर्याप्त मात्रामा पानी पिउनु अत्यावश्यक छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?