१२ माघ २०७८, बुधबार

भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेशन : गृहमन्त्री

२०७५,जेष्ठ,१७,बिहीवार १०:१०

0
Shares

चितवन । गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारी विरुद्ध स्टिङ अपरेशन जरुरी रहेको बताएका छन् । 

नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई आज चितवनको सौराहामा सम्बोधन गर्दै उनले देशको विकास र समृद्धिमा भ्रष्टाचारी र दलालहरुले अवरोध गरिरहेको भन्दै त्यस विरुद्ध लाग्न पत्रकारलाई आग्रह गरे । 

“भ्रष्टहरु, जसले देशको अर्थतन्त्रलाई खोक्रो बनाइरहेका छन्, तिनीहरुको स्टिङ अपरेशन गर्नु जरुरी छ, चाहे अड्डाअदालतमा हुन् अथवा विभिन्न संघ संस्था या विभिन्न व्यावसायिक क्षेत्रका हुन्” गृहमन्त्री थापाले भने । 

लागुऔषध कारोबारी, राजश्व छल्ने, भ्रष्टाचारी, दलाल, तस्कर, नोकरशाह, पुँजिपति, राष्ट्र विरोधीको फोटो सार्वजनिक गर्न जरुरी रहेको भन्दै उनले फोटो पत्रकारलाई ध्यानाकर्षण गराए । 

देशको विकासका लागि यो एउटा आन्दोलन भएको भन्दै उनले श्रम नै नगरी कालो अर्थतन्त्र भित्र्याउने पुँजीपति विरुद्ध क्रियाशील हुन उनले पत्रकारलाई आग्रह गरे । 

विकास विरोधी ठेकेदारको फोटो सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै उनले राम्रा काम गर्ने ठेकेदारलाई भने अगाडि बढाउनु जरुरी रहेको औंल्याए । नेपालको विकासमा मुख्य बाधक भनेको सामन्तवादी होइन, तस्कर, सिण्डिकेटवाला, दलाल भ्रष्टाचारी नै भएको गृहमन्त्री थापाले ठोकुवा गरे । उनले तिनीहरुको फोटो खलनायकको रुपमा र विकास विरोधीको रुपमा अगाडि ल्याउनु जरुरी रहेको जिकिर गरे  । 

पत्रकारिता देश र जनताको विकास र समृद्धिका लागि हुनुपर्नेमा गृहमन्त्री थापाको जोड थियो । पत्रकारसँग सहकार्य गर्न सरकार तयार रहेको उनले बताए । 

कार्यक्रममा नेकपाका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रष्टाचार समृद्धिको बाधक हुने उल्लेख गरे । पत्रकारले आर्थिक विकासतर्फ ध्यान दिनुपर्ने भन्दै पाण्डेले लोकतन्त्र आइसकेकाले कसैले पनि पत्रकारको अधिकार खोस्न नसक्ने दाबी गरे । 

कार्यक्रममा पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विपुल पोखरेलले मुलुकको परिवर्तनका निमित्त फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहेको विचार व्यक्त गरे । समृद्धिको योजना बनाइरहँदा सरकारले मिडियाको भूमिकाको विषयमा समेत नीतिगत निर्णय गर्न जरुरी रहेको पोखरेलको भनाइ थियो । 

महासंघका उपाध्यक्ष दिलीप थापा मगरले फोटो खिच्न जाँदा राज्यले रोक लगाउने गरेको प्रसंग कोट्याउँदै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।  
भेलाले आजै फोटो पत्रकारको विषयमा सौराहा घोषणापत्र सार्वजनिक गर्ने महासंघका कोषाध्यक्ष रत्न श्रेष्ठले जानकारी दिए । महासंघको ५२ जिल्ला शाखामध्ये भेलामा अधिकांश शाखाका फोटो पत्रकार र प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१७,बिहीवार १०:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीले पाएको मतबाट एमाले उत्साहित देखिएको छ । एमाले महासचिव शंकर पोखरेलले नतिजाले एमाले आगामी दिनमा

राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी हुनुभएको छ । प्रमुख

निर्वाचन आयोगले बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गरेको छ। नतिजा अनुसार प्रदेश १ मा गोपाल कुमार बस्नेत, सोनाम

काठमाडौं । मधेश प्रदेश सरकारले नाम र राजधानीको विषयमा एकरुपता कामय गर्नका लागि ढाँचा सार्वजनिक गरेको छ। मधेश प्रदेश सरकार

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४