साफ यू-१९ : नेपाल र श्रीलंका भिड्दै

लोकपथ
112
Shares

काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकासँग भिड्दै छ । बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले श्रीलंकाविरुद्ध खेल्न लागेको हो ।

श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।

नेपाल १ खेलमा १ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहेको छ । श्रीलंका अंक विहीन रहेको छ । श्रीलंकाले २ खेलमा अंक जोड्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?