काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आईसीटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रबार हुँदैछ । छैटौं संस्करणको आईसीटी अवार्डको Powered by Sponsor मा डिसहोम फाइबरनेटले सहकार्य गरेको छ ।
आईसीटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आईसीटी अवार्डको सम्मान प्राप्त गर्नेछन् भने डिसहोम फाइबरनेटले विजेता १५ जनालाई २५ एमबीबीएस इन्टरनेट प्रदान गर्नेछ ।
आईसीटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसनअन्तर्गत ह्वावे स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड र पब्लिक च्वाइस आईसीटी अवार्ड २०२१ विधाहरू समावेश भएका छन् ।
व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड, नेपाल बैंक पायोनियर आईसीटी अवार्ड र एनसेल वुमन आइकन आईसीटी अवार्ड विधाहरू रहेका छन् ।
संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर), डिजिटल सर्भिसेस आईसीटी अवार्ड र डिजिटल गभर्नेन्स आईसीटी अवार्ड विधाहरू समावेश छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया