मालपोत कार्यालय चितवनमा कार्यरत कर्मचारी घुससहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय चितवनमा कार्यरत कर्मचारी घुससहित पक्राउ परेका छन् । 

लालपुर्जा र फिल्डको क्षेत्रफल मिलान गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा शंकरप्रसाद धिताललाई अख्तियारको कार्यालय हेटौंडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । धिताल कार्यालय सहयोगी हुन् । 

धिलातले घुस बापतको ३५ हजार नगद लिइसकेको अवस्थामा मालपोत कार्यालय परिसरबाटै पक्राउ परेका थिए । साथै धितालमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?