कांग्रेस केन्द्रीय निर्वाचन समितिले बोलायो बैठक

लोकपथ
1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बैठक बोलाएको छ । समितिले पदाधिकारी र केन्द्रीय सदस्यहरूको मत गणना गर्ने विषयमा छलफल गर्न दिउँसो १ बजे बैठक बोलाएको हो ।

१४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको गणना गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको समितिका एक सदस्य जानकारी दिए ।

महाधिवेशनमा देशभरका ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू सहभागी थिए । अब उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना गर्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?