काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र प्रचण्डबीच जनयुद्धकालीन समयमा साठगाँठ भएको दाबी गरेका छन् । उनले प्रचण्डकै सहयोगमा पूर्वराजा ज्ञानेन्द्रले दलहरुलाई किनारा लगाएर शासन हातमा लिएको दाबी छ ।
‘मा १९ मा पार्टीहरुको कुनै मतलबै छैन । आफैँले घोषणा गरेर आफ्नै हातमा शासन लिएर ज्ञानेन्द्रले उधुम मच्चाए’, बुधबार पार्टीका मनोनित केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा ओलीले भने, ‘ज्ञानेन्द्रले उधुम मच्चाउँदा प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर सहमतिका साथ त्यो उपद्रो भएको थियो ।’
उनले प्रचण्ड र ज्ञानेन्द्रबीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति भएको समेत ओलीले जिकिर गरे ।
‘२०६० साल मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति भयो । के सहमति भएको थियो कि ज्ञानेन्द्रले भन्नुपर्यो कि प्रचण्डले भन्नुपर्यो’, ओलीले भने, ‘कसका विरुद्ध सहमति भएको थियो ? त्यस्ता सहमतिले गर्दा ज्ञानेन्द्रले अभिनन्दन कार्यक्रम चलाए ।’
जनयुद्धका क्रममा लोकतान्त्रिक शक्तिहरु रुकुम रोल्पा जान नसक्दा ज्ञानेन्द्रले सो ठाउँमा कसरी अभिनन्दन कार्यक्रम चलाए भनेर पनि ओलीले प्रश्न गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया