भिनाजुको हत्या गरेको आरोपमा सालो पक्राउ

लोकपथ
195
Shares

सुनसरी । सुनसरीमा भिनाजुको हत्या गरेको अभियोगमा सालो पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका-४ बस्ने ५१ वर्षीय श्रीमुरारी गिरीको हत्या गरेको अभियोगमा उनकै सालो भोजपुर हतुवागढी गाउँपालिका घर भएका १९ वर्षीय अर्जुन राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राईले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका गिरीको विराटनगर नोवेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको थियो । राई भिनाजुकै घरमा बस्दै आएका थिए ।

उनलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?