बालाजुक्षेत्रबाट ३१ जना महिला नियन्त्रणमा–डान्स र दोहोरीमा प्रहरीको छापा

काठमाडौं । महानगरीय प्रहरी वृत्त बालाजुले माछापोखरी–बालाजुक्षेत्रमा सञ्चालित डान्स, डिस्को दोहोरी र क्याविन रेष्टुरेण्टमा छापामारी ३१ जना किशोरी महिलाहरुको उद्धार गरेको छ ।
बालाजुक्षेत्रका डिलाइट डान्सबार, सुनौलो राधीघर र नागार्जुन फेमली दोहोरी लगायत विभिन्न रेष्टुरेण्टहरुमा १८ वर्ष उमेर नपुगेका किशोरीहरु काम गरिरहेको सूचनाका आधारमा प्रहरीले छापामारेको हो ।
महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख विश्वराज खड्काले माइती नेपालसंगको सहकार्यमा ती रेष्टुरेण्टहरुमा छापामार्दा १३ वर्ष उमेरका बालबालिका समेत फेला परेको जानकारी दिए ।
माइती नेपालसंगको संयुक्त अनुगमनका क्रममा उमेर नै नपुगेका किशोरीहरुलाई ग्राहकसंग बस्न लगाएर मदिरा खान लगाउनेर जोखिमपूर्ण काम गराउने गरेको अभियोगमा तीनजना रेष्टुरेण्ट सञ्चालकहरु पनि पक्राउ परेका छन् ।
सरकारले १८ वर्षमुनिका बालबालिकालाई श्रमिकको रुपमा काममा लगाउने कार्यलाई प्रतिवन्ध लगाएको छ ।  नियन्त्रणमा लिएका ३१ जना महिलाहरु मध्ये १२ जना किशोरीलाई माइती नेपालको जिम्मा लिएको छ ।
त्यस्तैं, रात्रीको समयमा बालाजु माछापोखरी–वाइपासक्षेत्रमा शंकास्पद गतिविधि सञ्चालन गरि हड्निे छ जना महिलालाई वृत्तले आवश्यक कारवाहीका लागि हिरासतमा राखेको ।
बाँकी महिलाहरुलाई सम्झाइ बुझाई गलत क्रियाकलापमा संलग्न नहुने सर्तमा छोडिएको प्रहरीले जनाएको छ । यसरी, केही महिलाहरु रात्रिको समयमा सडकमा आउदा बालाजुक्षेत्रमा देहब्यापार फष्टाएको गुनासो सर्वसाधारणको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?