धनी बन्ने ५ मन्त्र : जसले बिल गेट्सलाई संसारभर चिनायो

धनी बन्ने चाहना कसलाई नहोला ? पक्कै तपाईलाई पनि छ । हिजोआज विज्ञान र प्रविधिको बढ्दो प्रयोगका कारण प्रायजसो युवापुस्ता सजिलैसँग पैसा कमाउनेबारे सोच्न थालेका छन् ।

कहिलेकाँहि ईन्टरनेटमा देखिने भरमा सेकेण्डमा पैसा कमाउने वा छोटो समयमा अरबपति भईने लालचमा फसेर अनपेक्षित घटनाहरु सार्वजनिक नभएका होईनन् । तर हामी यहाँ तपाईलाई पैसा वा धन भन्ने शब्द सुन्नेबित्तिकै धेरैको मानष्पटलमा तरंगित पार्ने विश्वका चर्चित धनाढ्य हेनरी बिल गेट्सको बारेमा जानकारी दिदैछौँ ।

सन् १९५५ सालमा अमेरिकामा जन्मिएका बिल गेट्स एक व्यवसायी हुन् । उनी म्याग्नेट, इन्भेष्टर, लेखक र समाजसेवी समेत हुन् । हावर्ड विश्वविद्यालय पढ्दा पढ्दै बिचमा नै पढाई छोडेका बिल गेट्सको जीवनका आरोह अवरोहहरु सुन्दा जो कोहि पनि अचम्मित हुन्छन् । अचम्म नमाने हुन्छ, विश्वविद्यालयमा अलटायर मिनी कम्प्युटर बारेको एउटा लेख पढेपछि उनि त्यहाँबाट निस्किएका थिए ।

बिल गेट्स सजिलै वा सानो मेहेनतले संसारका पहिलो धनी  व्यक्तिमा गनिएका होईनन् । उनलाई सफल बनाउने केहि सुत्रहरु छन् ।

र २० वर्षकै उमेरबाट व्यवसाय सुरु गरेका थिए । पाउल एलेनसँग मिलेर व्यवसाय सुरु गरेका उनी अहिले विश्वकै धनाढ्य व्यक्तिको रुपमा दरिएका छन् । उनीहरुले कम्प्युटर सम्बन्धी सफ्टवेरको विजनेस गरेका थिए । उनी हाल माइक्रोसफ्टका मालिक हुन् ।

तर बिल गेट्स सजिलै वा सानो मेहेनतले संसारका पहिलो धनी  व्यक्तिमा गनिएका होईनन् । उनलाई सफल बनाउने केहि सुत्रहरु छन् । यी ५ मन्त्र जसले बिल गेट्सलाई विश्वको धनि बनाएको थियो ।
. दुनिया बदल्ने सोँच राख्नुहोस् :

यदि तपाई साच्चीकै सफलताको बाटोमा हिड्ने योजनामा हुनुहुन्छ भने सर्वप्रथम दुनियाँलाई बदल्ने सोँच बनाउनुहोस् । नभुल्नुहोस् कि घरबाट बाहिर निस्कनु नै तपाईकोे पहिलो प्रयास हो । यो भनाईबाट प्रष्ट हुन्छ, बिल गेट्सले आफ्नो जीवन कसरी अगाडि बढाएका थिए । कुनैपनि कुरा प्राप्तिको लागि आफ्नो भुमिका के छ, त्यो ख्याल गर्नुहोस् र सोच्नुहोस्, तपाइले थप नयाँ के के गर्नुहुनेछ । गर्नसक्नु हुनेछ । दुनियालाइ आफूभन्दा राम्रो बनाउन लागि पर्ने व्यक्तिको झनै प्रगति हुन्छ भन्ने उनको धारणा छ । सफ्टवेयर क्षेत्रलाई कर्मथलो बनाएका बिल गेट्स चाहन्थे कि उत्कृष्ट एंवम् सफा चरित्रका मानिसहरु आफ्नो साथमा होउन् । 

२. आफ्नो बाटो आफै निर्धारण गर्नुहोस् : 
आफ्नो योजना र व्यवहारिकतालाई तालमेल बनाउने काम तपाई आफैँले गर्नुपर्छ । सधै तपाइको लागि कुनै बाटो तयार भएको हुदैन । आफूलाई पायक पर्ने बाटो आफैँ पत्ता लगाउनुहोस् । यसो गर्दा केहिले तपाईलाई सन्की, लहडि वा घमण्डि भन्न सक्छन् । तर नआत्तिनुहोस् । योजनाले मुर्तरुप पाउने समय एक निमेस बाँकी रहँदा कयौं पटक तपाइ बयाक भएको हुनसक्नुहुन्छ । फेरिपनि अगाडि बढ्नुहोस् । बिल गेट्स, पर्सनल कम्प्युटर प्रत्येक टेबल, प्रत्येक घर र प्रत्येक कोठामा देख्न चाहन्थे । जब उनले यसरी चाहना निश्चित गरे अनि अघि बढ्न सफल भए । उनी आफ्नो योजना मुताविकका योजनाहरुलाई प्राथमिकता दिदै सोहिअनुरुप छनौट गर्थे । 

योजनाले मुर्तरुप पाउने समय एक निमेस बाँकी रहँदा कयौं पटक तपाइ बयाक भएको हुनसक्नुहुन्छ । फेरिपनि अगाडि बढ्नुहोस् । बिल गेट्स, पर्सनल कम्प्युटर प्रत्येक टेबल, प्रत्येक घर र प्रत्येक कोठामा देख्न चाहन्थे ।

३. बिचारलाइ काममा बद्लनुहोस् :
अक्सर मान्छेहरुको एउटै समस्या छ, त्यो भनेको विचारमा खुम्चिनु । मानिसहरु म यो गर्छु, अब यो बाटोबाट हिड्छु, जस्ता कटिबद्ध कुराहरु गर्छन् । तर उनिहरु धेरैमा आँटको खडेरी हुने गर्छ । आँट आईहाल्यो भने पनि कार्यान्वयनको पाटोमा अल्छि गर्ने । यसो गर्दा पनि तपाईको काम मैदानबाट भाग्ने नै हुन्छ । अब आफैँ निर्णय गर्नुहोस्, आफ्नो निर्णयमा अडिग हुने कि भाग्ने ?

४. तत्काल जे जरुरी छ, त्यो मात्र सम्झनुहोस् :
आवश्यकता र ईच्छा दुई अलग कुराहरु हुुन् । तयसैले यस कुरामा बिचार गर्नुपर्छ कि विश्व छिटो छिटो परिवर्तन हुदैछ । परिणामस्वरुप बजार पनि । यस्तो परिस्थितीमा जब तपाई बजारको माग अनुसार आफ्ना योजनाहरुमा स्पष्ट हुनुहुन्न तब तपाई पछाडि पर्नुहुनेछ । जब तपाई बिस्तारै बुझेर गोटि चाल्न सुरु गर्नुहुनेछ तब सम्म ढिलो भइसकेको हुन्छ । अझ समस्याहरुले विषम परिस्थिती निम्त्याईसकेको हुनेछ । अवसर र चुनौतिसँगै बजारको आजको माग नियाल्न छुछाउनुभयो भने तपाइको भगौडा मात्र बन्नुहुन्छ । 

मद्धत उनीहरुको गर्नु, जो आफ्नो मद्धत गर्न सक्दैनन् । गेट्स भन्छन्, “सबैलाइ जीवनमा अवसर पाउने हक हुन्छ, यसमा अवरोध आए ती अवरोध हटाउनु पर्छ ।” जुनसुकै पेशाा वा व्यवसाय  गरेको भएतापनि  तपाईले मानविय धर्म विर्सनु हुदैन । पहिला तपाई मानव भएर सोच्नुस्, त्यसपछि मात्रै आफ्नो व्यवसाय ।

५. समान धरातल निर्माण गर्नुहोस् :
धेरै मानिसहरुलाई यो थाहा छैन कि, मानवताको सबैभन्दा ठुलो लाभ समान धरातलमा निर्माण गर्नुमा हुन्छ । नेपालमा एउटा उखान छ, धन हुनेको मन हुँदैन, मन हुनेको धन । तर संसारका धनि बिल गेट्स स्पष्ट थिए की सबै मानिस समान हुन् । मद्धत उनीहरुको गर्नु, जो आफ्नो मद्धत गर्न सक्दैनन् । गेट्स भन्छन्, “सबैलाइ जीवनमा अवसर पाउने हक हुन्छ, यसमा अवरोध आए ती अवरोध हटाउनु पर्छ ।” जुनसुकै पेशाा वा व्यवसाय  गरेको भएतापनि  तपाईले मानविय धर्म विर्सनु हुदैन । पहिला तपाई मानव भएर सोच्नुस्, त्यसपछि मात्रै आफ्नो व्यवसाय । जब क्रेता र बिक्रेताबिच ठूलो खाडल बन्दै जान्छ, तब अविश्वासको वातावरण बन्छ । त्यसैले धरातल कहिल्यै नभुल्नुहोस् । 
–एजेन्सीको सहयोगमा 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?