श्याम खत्रीविरुद्ध बुधबार मात्रै जारी भएको थियो डिफ्युज नोटिस

काठमाडौं । चर्चित ३३ किलो सुन तस्करी काण्डमा मुछिएका नेपाल प्रहरीका एसएसपी श्याम खत्री अदालतमा उपस्थित भएका छन् । उनी बुधबार जिल्ला अदालत मोरङमा हाजिर भएका हुन् । उनीविरुद्ध अन्तराष्ट्रिय प्रहरी संगठनमा हिजोमात्रै डिफ्युज नोटिस जारी भएको थियो । 

नोटिस जारी भएको भोलिपल्टै खत्री अदालतमा हाजिर भएका हुन् । 

त्रिभुवन विमानस्थल भएर भित्रने तस्करीको सुनमा उनकै सेटिङले काम हुने गरेको बताइँदै आएको छ । सुन तस्करीका नाइके भनिने गोरेले पनि बयानमा उनलाई पोलेका थिए । गोरे जेल चलान भइसकेका छन् । उनले २७ पेज लामो बयान दिएका थिए । 

उनी तस्करीमा मुछिएसँगै फरार रहँदै आएका थिए । अदालतमा हाजिर भएसँगै उनीमाथि बयान लिइने बताइएको छ । तस्करी काण्डमा उनीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा विचाराधीन अवस्थामा  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?