देउवालाई नेता सिंहको चलाखीपूर्ण बधाई, आलोचना हुने डरले कमेन्ट गर्न नमिल्ने

लोकपथ
416
Shares
sf7df8f}F, @* dªl;/ . g]kfnL sfFu|];sf] !$cf}+ dfxflwj]zgdf ;efkltsf] nflu klxnf]r/0fdf %! k|ltztdt Nofpg g;s]kl5 b|f];|f] r/0fsf] dtbfgdf k|wfgdGqL z]/axfb’/ b]pjfnfO{ ;dy{g lbPkl5 dtbfg :yndf dtbftfnfO{ ;+o’Qm?kdf clejfbg ub}{ z]/axfb’/ b]pjf / g]tf k|sfzdfg l;+xnufot . t:jL/ M k|bLk/fh jGt, /f;;

काठमाडौं । नेपाली कांग्रेसका सभापतिमा दोस्रो कार्यकालका लागि शेरबहादुर देउवा निर्वाचित भएसँगै यतिबेला बधाई दिनेको ओइरो लागेको छ । प्रत्यक्ष भेटेर होस् या सामाजिक सञ्जालमा देशविदेशबाट बधाई आइरहेको छ ।

यसैक्रममा देउवासँगै पहिलो चरणमा प्रतिस्पर्धा गरेको नेता प्रकाशमान सिंहले सामाजिक सञ्जालममार्फत देउवालाई बधाई दिएका छन् ।

मंगलबार भएको कांग्रेसको दोस्रो चरणको निर्वाचनका क्रममा देउवालाई समर्थन गरेको भन्दै नेता सिंहको चौतर्फी आलोचना भइरहेको छ । सोमबार पहिलोचरणको निर्वाचनको क्रममा सिंहले दोस्रो चरणको निर्वाचनमा देउवालाई पराजित गर्ने बताएका थिए ।

तर दोस्रो चरणको निर्वाचनको मत परिणाम आएसँगै देउवालाई साथ दिएर अघि बढेका थिए । आलोचना हुने डरले नेता सिंहले कमेन्ट गर्न नमिल्ने बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?