गोरेपछि अर्का नाइके श्याम खत्रीपनि सम्पर्कमा, खुल्ला त तस्करीको राज ?

काठमाडौं । चर्चित ३३ किलो सुन तस्करी काण्डमा मुछिएका नेपाल प्रहरीका एसएसपी श्याम खत्री अदालतमा उपस्थित भएका छन् । उनी बुधबार जिल्ला अदालत मोरङमा हाजिर भएका हुन् । 

त्रिभुवन विमानस्थल भएर भित्रने तस्करीको सुनमा उनकै सेटिङले काम हुने गरेको बताइँदै आएको छ । सुन तस्करीका नाइके भनिने गोरेले पनि बयानमा उनलाई पोलेका थिए । 

उनी तस्करीमा मुछिएसँगै फरार रहँदै आएका थिए । अदालतमा हाजिर भएसँगै उनीमाथि बयान लिइने बताइएको छ । तस्करी काण्डमा उनीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा विचाराधीन अवस्थामा  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?