सरकारमा सहभागी हुन फोरमले माग्यो परराष्ट्र मन्त्रालय

काठमाडाैं : संघीय सरकारमा सहभागी हुनका लागि संघीय समाजवादी फोरमले परराष्ट्र मन्त्रालयले मागेको छ । फोरम संसदीय दलको बैठकले परराष्ट्र मन्त्रालयमा दाबी गर्नुपर्ने निर्णय लिएपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सोबारे कुरा गर्न प्रधानमन्त्री निवास बालुवाटार गएका छन् । 

वालुवाटारमा यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय के.पी. शर्मा अोली र पुष्पकमल दाहा 'प्रचण्ड' सँग परराष्ट्र मन्त्रालयमा दाबी पेश गर्नेछन् । फोरमलार्इ परराष्ट्र दिँदा हालका विभागीय मन्त्री प्रदीप ज्ञवालीलार्इ (नेकपा) ले फिर्ता बोलाउनुपर्ने हुन्छ । ज्ञवालीलार्इ स्वास्थ्य मन्त्रालय दिनेबारे (नेकपा) भित्र छलफल भर्इरहेको छ ।

फोरमसँग सरकारमा सहभागीताबारे कुरा मिले अाजै मन्त्रीमण्डल विस्तार गर्ने योजना छ । फोरमले नेकपासँग केहि दिन पहिले ३ मन्त्रीसहित सरकारमा सहभागी हुने सहमति गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?