१३ चैत्र २०७९, सोमवार

पोर्तुगलबाट यूरोप उपसंयोजकमा भीम केसी कमल सर्वसम्मत

२०७४,आश्विन,२५,बुधबार ०६:१८

0
Shares

लिस्बोन, ११ अक्टोबर – ७६ देशमा राष्ट्रिय समिति रहेको नेपालीहरुको सबैभन्दा ठुलो संस्था एनआरएनएको आठौं बिश्व सम्मेलन र महाधिबेशन यही अक्टोबर १४ देखि १७ सम्म भब्य रुपमा काठमाडौं हुन गैरहेको छ। यसै महाधिवेशनबाट नयाँ नेतृत्व पनि चयन हुने भएकोले विभिन्न पदहरुमा उम्मेदवारी घोषणा र प्रतिस्पर्धाको ठूलो दौडधूप शुरु भैसकेको छ । यसै सन्दर्भमा युरोपको क्षेत्रीय उपसंयोजक पदमा पनि झन्डै पौने दर्जन भन्दा बढीले आफ्नो चाहना व्यक्त गर्दै प्रचार प्रसारमा लागिसकेका छन् ।तर उम्मेद्वारी घोषणा गरेका मध्ये एनआरएन पोर्तुगलका निबर्तमान अध्यक्ष भीम केसी कमललाई युरोप उपसंयोजकमा आधिकारिक रुपमै एनआरएनए पोर्तुगलले सर्वसम्मत उम्मेदवारको रूपमा प्रस्ताव गरेको छ हुन त सातौँ अधिबेशनको बेला सोही पदमा थोरै मात्र मतले पराजित हेमन्त सेढाईले फेरि पनि इच्छा व्यक्त गरेका छन् तर उनी एकबर्ष अगाडि नै सपरिवार स्थायी रूपमा लन्डन बसाईं सरिसकेको हुँदा पोर्तुगलबाट केसी सर्वसम्मत साझा उम्मेदवार बनेका हुन् ।केसीलाई पोर्तुगलमा महत्त्वपूर्ण संघ संस्थाहरु, नेपाली जनसम्पर्क समिति पोर्चुगल, प्रवासी नेपाली मंच पोर्चुगल, जनप्रगतिशील मंच पोर्चुगल, संघिय समाजबादी फोरम पोर्चुगल, अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगल, आदिबासी जनजाति महासंघ पोर्चुगल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगल, नेपाली नारी समाज पोर्चुगल लगायत अन्य जातिय तथा क्षेत्रीय संघ संस्थाहरुको साथ समर्थन र एक्यवद्धता रहेको साथै पोर्तुगलबाट १२६ प्रतिनिधिले मताधिकार पाउने भएको हुँदा उनको जीत सु(निश्चित देखिएको छ भने बेलायत, बेल्जियम, स्पेन, जर्मनी, होल्याण्ड, पोल्याण्ड लगायतका प्रतिनिधिहरुबाट पनि उल्लेख्य भोट आउने अनुमान गरिएको छ ।महाधिबेशनमा पोर्चुगलको तर्फबाट वरिष्ठ उपाध्यक्ष तिलक गैरेको संयोजन तथा उपाध्यक्ष कमल गुरुङको सहसंयोजन हुनेछ भने आईसीसी सदस्यहरु नरेन्द्र हमाल, पेमा शेर्पा तथा उपाध्यक्ष गोविन्द सापकोटा, सस्थापक अध्यक्ष पूर्ण हमाल, पूर्व आईसीसी सदस्य मकर बहादुर हमाल तथा पूर्व अध्यक्षहरु रमेश कुमार गुरुङ, निबर्तमान अध्यक्ष तथा उम्मेदवार भीम केसी कमल, पूर्व उपाध्यक्ष गोविन्द पौडेल र शम्भु गौतम लगातले सल्लाकारको भुमिका निर्बाह गर्ने एनआरएनए पोर्तुगलले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०६:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले

काठमाडौं । कतारमा आफूले भोगेको दुर्व्यवहारको क्षतिपूर्ति पाउनबाट आप्रवासी श्रमिकहरू वञ्चित भइरहेका बेला नेपालका तीन दर्जन नागरिक संघ संस्थाहरूले फिफा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को

भैरहवा । लुम्बिनी विकास कोषद्वारा दसैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६