नेपाल बैंकले १ करोड ७६ लाख कित्ता एफपीअो जारी गर्दै

काठमाडाैं : नेपाल बैंक लिमिटेडले १ कराेड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीअो सेयर जारी गर्ने भएको छ । सेयर जारी गर्न बैंकले नियामक निकाय धितोपत्र बोर्डसँग अनुमति मागेको छ । सिद्दार्थ क्यापिटलार्इ बैंकले बिक्री प्रबन्धकको जिम्मेवारी दिने जनाएको छ । 

सरकारतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४९ प्रतिशत हिस्सा कायम गर्न बैंकले एफपीअो जारी गर्न लागेको जनाएको छ । एक सय रूपैयाँ अंकित मूल्यमा १८० रूपैयाँ प्रिमियम जोड्दा बैंकको एफपीअो किन्न क्रेताले २८० रूपैयाँ तिर्नुपर्ने प्रस्ताव गरिएको छ । एफपीअोपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रूपैयाँ पुग्ने र यसको प्रिमियमबाट उठेको रकम जगेडा कोषमा संकलन हुनेछ । 

हाल नेपाल बैंकको प्रतिसेयर अाम्दानी ४२ रूपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ७४ रूपैयाँ ३१ पैसा रहेको छ । चालु अार्थिक बर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा २ अर्ब ५६ करोड ७७ लाख २८ हजार रूपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?