सुनको मूल्य घट्यो : आज कतिमा हुँदैछ कारोबार ?

लोकपथ
364
Shares

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । अधिल्लो दिन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला आज ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ छ जसको मूल्य मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँ तोकिएको थियो । आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासंघले जनाएको छ ।

चाँदी मंगलबार प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७ सय ७० रुपैयाँ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?