प्रभु बैंक र ‘जेएससी एमएफआइ इन्टेल्केस प्रेस’बीच रेमिट्यान्स सम्झौता

लोकपथ
13
Shares

काठमाडौं । प्रभु बैंकले आफ्नो विप्रेशणको दायरा विस्तार गर्ने सिलसिलामा, प्रभु बैंक लिमिटेड र जेएससी एमएफ आइइन्टेल्केस प्रेसबिच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौतागरेको छ ।

अर्मानिया, जर्जिया, ग्रिस, साइप्रस, बेलायत, इटाली, मालदिभस, सुइजर्ल्यान्ड, टर्की, युक्रेन ,उज्बेकिस्तानमा बसोवास गरिरहेका नेपालीहरुले अब जेएससी एमएफ आइइन्टेल्केस प्रेस मार्फत नेपालमा रहेका आफन्ततथा इष्टमित्रहरुलाई नेपाल भरि रहेका प्रभु बैंकका २१५ वटा शाखाहरु तथा प्रभु रेमिट्यान्सका १६,००० भन्दा बढि एजेन्टहरुबाट सहजै भुक्तानी पाउन सक्नेछन् ।

साथै यो सेवाप्रभु बैंकको खातामामात्रै सिमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकमजम्मागर्न सकिने व्यवस्थामिलाईएको छ ।

यस सम्झौताले विशेष गरि विदेशमा रहेएका नेपालीहरुले गुणस्तरिय रेमिट्यान्स तथा बैंकिङसेवा प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?