मुसलमानको ज्यान जोगाउने प्रहरीको हिन्दुबाट आलोेचित

एजेन्सी : दंगा गर्दै हिँडेको एक हिन्दु भीडबाट एक मुसलमानलाई जोगाउने भारतीय प्रहरी अधिकारीलाई ज्यानमार्ने धम्की दिन थालिएको छ ।

उत्तराखण्डमा क्रियाशील गगनदीप सिंहले हिन्दु भीडबाट एक मुसलमानलाई जोगाए पछि उनलाई ज्यान मार्ने धम्की दिइएको हो ।

हिन्दु गर्लफ्रेन्डसँग मन्दिर गइरहेका बेला त्यो मुसलमानमाथि आक्रमण गर्न खोजिएको थियो । तर कतिपयले त्यो प्रहरी अधिकारीको प्रशंसा पनि गरेकाछन् ।

प्रहरी अधिकारीले आफू कुनै ठूलो काम नगरेको मैले मेरो गर्नुपर्ने काम मात्र गरेको प्रतिक्रिया दिएका छन् । म पुलिसको पोशाक नभए पनि मैले गर्ने काम त्यही हुने थियो ।

भाजपाका नेता राकेश नैनवालले मुसलमानलाई हिन्दुको मन्दिरमा ल्याएरपुजा गराउन ल्याउनु गलत भएको बताए ।

भाजाप एमएलए राजकुमार ठकुरालले मुसलमानले हाम्रो भावनासँग खेलवाड गरेको बताए । हामी मस्जिदमा जाँदैनौ – उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?