अघि बढ्दै देउवा : १८ सय गन्दा १ हजार ‘प्लस’ मत

लोकपथ
203
Shares
sf7df8f}F, @* dªl;/ . g]kfnL sfFu|];sf] !$cf}+ dfxflwj]zgdf ;efkltsf] nflu klxnf]r/0fdf %! k|ltztdt Nofpg g;s]kl5 b|f];|f] r/0fsf] dtbfgdf k|wfgdGqL z]/axfb’/ b]pjfnfO{ ;dy{g lbPkl5 dtbfg :yndf dtbftfnfO{ ;+o’Qm?kdf clejfbg ub}{ z]/axfb’/ b]pjf / g]tf k|sfzdfg l;+xnufot . t:jL/ M k|bLk/fh jGt, /f;;

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको मत गणना जारी छ । हालसम्म १८ सय मत गणना गर्दा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १ हजार भन्दा बढी मत ल्याएका छन् । उनले १ हजार ४३ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्द्धी डा. शेखर कोइरालाले ७३८ मत प्राप्त गरेका हुन् । १८ सय मत गणना गरिसक्दा १९ मत बदर देखिएको छ ।

राष्ट्रिय सभागृहमा जारी मतगणनामा सुरुवातबाटै सभापतिका उम्मेदवार देउवाले अग्रता कायम राखेका छन् । भने मतान्तर बढ्दै गइरहेको छ ।

कुल ४७४३ महाधिवेशन प्रतिनिधि मध्ये ४ हजार ५ सय ६४ जना मतदान गरेका थिए । मतदान जारी रहेको छ ।

मंगलबार राति साढे ९ बजे मतगणना सकिएको थियो । १० बजेबाट गणना सुरु भनिए पनि केही ढिला गरि मतगणना सुरु भएको हो ।

कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासीमध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने उम्मेदवार प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच पुनः मतदान भएको हो ।

सोमबार भएको मतदानमा सभापति देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?