काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको मत गणना हुँदा दुई प्रतिष्पर्धीबीचको मतान्तर बढ्दै गइरहेको छ ।
१३०० मत गन्दा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ७६१ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्द्धी डा. शेखर कोइरालाले ५२७ मत प्राप्त गरेका छन् । त्यसो हुँदा दुईबीच २३४ मतको अन्तर देखिएको छ । भने १२ मत बदर भएको छ ।
कुल ४७४३ महाधिवेशन प्रतिनिधि मध्ये ४ हजार ५ सय ६४ जना मतदान गरेका थिए । मतदान जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया