विश्व हिन्दु सभा सिकागोमा

एजेन्सी : १२५ वर्ष अघि स्वामी विवेकानन्दले सिकागोमा आयोजित विश्व धर्म संसदलाई सम्बोधन गरेको दिनलाई स्मरण गर्दै यो वर्ष सेप्टेम्बर ७–९ मा सिकागोमा विश्व हिन्दु सभाको आयोजना गर्न लागिएको हो ।

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई सभामा उपस्थित हुन निम्तो गरेपछि भारतको केन्द्रीय बैंक रिभर्ज बैंक अफ इन्डियाका पूर्व गभर्नर रघुराम राजनलाई निम्तो गरिएको छ ।

भारतको राष्ट्रिय स्वयं सेवक संघ, विश्व हिन्दु परिषद र अन्य हिन्दु संघ संगठनहरू यो हिन्दु सभाको आयोजना गर्न लागेका हुन् । आयोजकका अनुसार राजनले भएसम्म सहभागी हुने बताएका छन् ।

राजन सिकागो युनिभर्सिटीबाट पढेकाले उनलाई कार्यक्रमसँग जोडिएर राखिएको विश्व आर्थिक सम्मेलनलाई सम्बोधन गर्न निम्तो गरिएको छ ।

यो आयोजना अमेरिकाको जुम्ल्याहा गगनचुम्बी महललाई ध्वस्त पार्ने गरी भएको हमलाको दिन सेप्टेम्बर ११का दिनलाई विश्व भाइचाराको उपदेश दिन यो सभाका आयोजना गर्न लागिएको आयोजकहरूले जनाएका छन् ।

सन् १८९३को सेप्टेम्बर ११कै दिन स्वामी विवेकानन्दले सिकागो धर्म संसदलाई सम्बोधन गरेका थिए । यो सभा चार वर्षमा एक पटक आयोजना गर्ने गरिएको छ ।

यसमा अन्य निम्त्याइएकाहरूमा राष्ट्रिय स्वयं सेवक संघका अध्यक्ष मोहन भागवत, तिब्बती धर्मगुरू दलाई लामा , उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ ,हलिउड स्टार रिचार्ड गेरे र कांग्रेस महिला सदस्य तुलसीगबार्डलगायतका छन् ।

यसअघि भारतको नयाँ दिल्लीमा भएको यो सभामा ५० देशका गरी १हजार ८सय जति प्रतिनिधि सहभागी भएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?