अोलीको दाबी : ‘बे अफ बंगाल’ बाट नेपालसम्म यसैबर्ष पानीजहाज !

काठमाडाैं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष के.पी. शर्मा अोलीले यसैबर्ष बंगलाको खाडीदेखि नेपालसम्म पानीजहाज अाउँदा अनाैठो नमान्न अाग्रह गरेका छन् ।

पार्टी संसदीय दलको बैठकमा बोल्दै अोलीले अहिलेको सरकार युगान्तकारी भएको, त्यस्तै बजेट ल्याएको र अाफुले भन्दै अाएको रेल तथा जलमार्गको विकास यसैबर्षदेखि शुरू हुने दाबी गरे । 

अाफुले पानीजहाज चलाउने कुरा गर्दा अालोचना गर्नेहरूलार्इ बंगालको खाडीमा सँगै लगेर पानी जहाज उद्घाटन गरि देखार्इदिने अोलीले बताएका छन् । 

बजेट असाधारण प्रतिबद्दताका साथ अाएकाले बजेटलार्इ हावादारी भन्नेहरू नै हावादारी रहेको अोलीले कटाक्ष गरेका छन् । उनले बजेटको पूर्ण कार्यान्वयनमा सरकारले कुनै कसर नछाड्ने बताउँदै रेलमार्ग विकासलार्इ सामान्य पूर्वाधारका रूपमा नलिन पार्टीनिकट सांसदहरूलार्इ अाग्रह गरे । 

सरकारले ल्याएको बजेटमा वाम घोषणापत्रमा उल्लेखित लोकप्रिय अाश्वासन नसमेटिएको भन्दै अालोचना भर्इरहँदा अोलीले साझा घोषणापत्रअनुसार नै बजेट अाएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?