बजेटबारे छलफल गर्न संसद बैठक डाकियो

काठमाडाैं ः अागामी अार्थिक बर्षको बजेटबारे छलफल गर्न व्यवस्थापिका संसदको बैठक डाकिएको छ । बिहिबार (अाज) ११ बजेदेखि शुरू हुने बैठकमा सरकारले ल्याएको अार्थिक बर्ष २०७६/७६ को बजेटमाथि छलफल हुँदैछ । 

अर्थमन्त्री डा. युवराज खतिबडाले अागामी अार्थिक बर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रूपैयाँ बराबरको बजेट प्रश्तुत गरेका छन्  । सरकारले बजेट ल्याएपछि संसदीय छलफलमार्फत पारित गर्नुपर्छ । केहि दिनसम्म संसदमा छलफल चल्नेछ ।

नेपाल कम्युनिष्ट पार्टीको सरकारले चुनावका बेला जनताको मत तान्न निकै ठूला अाश्वासन दिएको, तर अाफैंले ल्याएको बजेटमा यसलार्इ नसमेटेको भन्दै सरकारमाथि अालोचना भर्इरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको बजेटमा कमजोरी रहेको जनाउँदै १४ बुँदामा अालोचना गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?