दोस्रो चरणको मतदानमा कहाँ गए १ सय १७ कांग्रेस मतदाता ?

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको निर्वाचन सकिएको छ ।

मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु भएको मतदान साढे ९ बजे सकिएको हो ।

चार हजार ७४३ महाधिवेशन प्रतिनिधि मध्ये चार हजार ५६२ ले मतदान गरेका छन् । यसअघि सोमबार सम्पन्न निर्वाचनमा भने ४६७९ मत खसेको थियो ।

यस हिसाबमा सोमबारको भन्दा मंगलबार ११७ मत कम खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?