अमेरिकी जीडीपीमा सुस्त बृद्धि

एजेन्सी : अमेरिकाको  कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बृद्धि सुस्त गतिमा भएको देखिएको छ ।

 यो वर्षको पहिलो तीन महिनामा अपेक्षा गरिएको २.३ प्रतिशतको साटो २.२ प्रतिशतको मात्र भयो ।

अमेरिकाको वाणिज्य विभागले सार्वजनिक गरेको जानकारीमा यस्तो उल्लेख छ ।

विभागले दिएको यो जानकारी दोस्रो हो । निर्यात, निर्यात गर्ने वस्तुको सूची ,लगानी र उपभोक्ता खर्चको अवस्था यसअघि सार्वजनिक गरिएको प्रतिवेदन भन्दा कमजोर रहेको पाइएको छ ।

सन् २०१७को चौथो त्रैमासिकबाट देखिएको यो ह्रास खराब स्थितिमा पुगेको छ । त्यतिखेरको अमेरिकी जीडीपी २.९ प्रतिशतले बृद्धि भएको थियो ।

पहिलो त्रैमासिकमा जीडीपी बृद्धिको अवस्था कमजोरतम रहेको भएपनि केही अर्थशास्त्रीहरूले यो बृद्धि दर बढने अपेक्षा गरेका छन् । उनीहरूका अनुसार आर्थिक गतिविधि यता बढेको देखिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?