कांग्रेसको मतदान अन्तिम चरणमा : अब कति मत खस्न बाँकी ?

लोकपथ
2.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागी भइरहेको दोस्रो निर्वाचन अन्तिम चरणमा पुगेको छ ।

हालसम्म कुल ४ हजार ४ सय मत खसेको छ । भने कुल ४ हजार ७ सय ४३ जना प्रतिनिधिले मतदान गर्दैछन् । यसअघि पहिलो चरणको निर्वाचनमा ४ हजार ३ सय ७९ जनाले मतदान गरेका थिए । तर दोस्रो चरणको निर्वाचनमा पहिलो चरणमा भन्दा कम प्रतिनिधि मतदानका लागि जाने आँकलन गरिएको छ ।

सोमबार सम्पन्न निर्वाचनमा सभापति पदका उम्मेवारहरुले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेका कारण पुनः निर्वाचन भएको हो । दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र डा. शेखर कोइराला प्रतिष्पर्धामा रहेका छन् ।

मतदान सकिएसँगै आजै राति मतगणना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?