काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको दोस्रो चरणको चुनावमा आफूले उम्मेदवार शेरबहादुर देउवालाई निःशर्त सहयोग गरेको स्पष्ट गरेका छन् ।
उनले केही सञ्चारमध्यममा आफूलाई जोडेर भ्रमपूर्ण समाचार आएको भन्दै त्यसमा आफ्नो ध्यानाकर्षण भएको एक प्रेस नोटमार्फत बताएका छन् ।
‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ’, उनले भनेका छन्, ‘कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपील गर्दछु ।’
पहिलो चरणको चुनावमा पराजित भएसँगै सिंहले देउवालाई समर्थन गर्ने निर्णय लिएका थिए भने त्यसमा सिंहले लाभको पदमा बार्गेनिङ गरेको खबर बाहिरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया