इन्डोनेसियाली फेसन डिजाइनजरलाई जेल

एजेन्सी : न्यूयोर्क फेसन वीकमा टाउकोमा कपडा बेरेर (हेडस्कार्भ) आफ्ना मोडलहरूको फेसन प्रस्तुतिबाट  इतिहास बनाएकी एक फेसन डिजाइनरलाई ठगीको मुद्दा लगाइ १८ वर्षका लागि जेल पठाइएको छ ।

इन्डोनेसियाली डिजाइनर एनिसा हासिबुआन र उनका पति एन्डिका सुराचमानलाई  उनीहरूको फस्ट ट्राभल नामको ट्राभल एजेन्सी मार्फत भएको घोटाला काण्डमा दोषी ठहर गरियो ।

मुद्दा लगाउने वकिलहरूका अनुसार उनीहरूलाई मक्काका लागि सानो तीर्थाटनको आयोजना गर्न ६ करोड अमेरिकी डलर बराबरको रकम भुक्तान गरिएको थियो । तर उनीहरूले त्यो रकम हिनामिना गरे तर यो तीर्थाटनको आयोजना कहिल्यै गरिएन ।

हासिबुआनलाई इश्लामिक फेसन डिजाइनरको रूपमा चिनिएको थियो । उनले यस्ता फेसन शो लन्डन, इस्तानाबुल र केन्समा आयोजना गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?