फेसबुकका मालिकलार्इ रूसले बोलायो, संसदमा बोल्न दिने

मस्को : फेसबुकका संस्थापक मार्क जुकरबर्गलार्इ रूसले निमन्त्रणा गरेको छ । सन् २०१८ को विश्वकप फुटबल अायोजक राष्ट्र रूसले अाफ्नो माथिल्लो सदनका सांसदहरूलार्इ सम्बोधन गर्नेगरि रूस अाउन जुकरवर्गलार्इ अाग्रह गरेको छ । 

जुकरवर्गले सदनको पूर्ण बैठकलार्इ सम्बोधन गर्ने कार्यक्रम छ । यसका लागि रूसले जुकरवर्गलार्इ निमन्त्रणापत्र समेत पठार्इसकेको जनाएको छ । 

जुकरबर्गले संसदलाई सम्बोधन गर्नुका साथै सांसदहरूसँग प्रश्नोत्तरसमेत गराउने कार्यक्रम राखिने रूसी संसदका सभामुख भ्यालेन्टार्इन मत्भीयेन्काेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?