मतदान अपडेट : ६ बजेसम्म २ हजारभन्दा बढी मत खस्यो

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन जारी छ । दिउँसो साढे ३ बजेबाट सुरु भएको निर्वाचनमा साँझ ६ बजेसम्ममा २ हजार मत खसेको निर्वाचन समितिका सचीव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन सुरु भएको हो ।

पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, दोस्रो चरणमा भने देउवा र कोइरालामात्र छन् ।

अहिले मतदान चलिरहँदा मतदानस्थलमा शेरबहादुर, प्रकाशमानसहितको एक समूह र शेखर, गगन थापा, मिनेन्द्र रिाजलसहितको अर्को समूह लामबद्ध मतदाता भएका स्थानमा पुगेर भोट मागिरहेका छन् । जारी निर्वाचनको समय बेलुकी ७ बजेसम्मको लागि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?