१२ जेष्ठ २०७९, बिहीवार

मतदान जारी : भोट माग्दै दुवै पक्षका उम्मेदवार (तस्बिरहरु हेर्नुहोस्)

२०७८,मङ्सिर,२८,मंगलवार १७:५८

207
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ । मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ ।

पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । तर, दोस्रो चरणमा भने देउवा र कोइरालामात्र छन् ।

अहिले मतदान चलिरहँदा मतदानस्थलमा शेरबहादुर, प्रकाशमानसहितको एक समूह र शेखर, गगन थापा, मिनेन्द्र रिाजलसहितको अर्को समूह लामबद्ध मतदाता भएका स्थानमा पुगेर भोट मागिरहेका छन् ।

हालसम्म १ हजार ५ सय बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।

 

प्रकाशित मिति: २०७८,मङ्सिर,२८,मंगलवार १७:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह विजयी भएका छन् । काडमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहीबार राति आयोजित प्रेस ब्रिफिङमा

बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर

काठमाडौं । २०७४ को स्थानीय तह निर्वाचनमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा पहिलो बनेको एमाले यसपटक भने सबै प्रदेशमा दोस्रो स्थानमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय प्रचार विभागमा चार जना सदस्य नियुक्त गरेका छन् । साथै

ताजा समाचार

चार दिनपछि आफन्तले बुझे शव
 २०७९,जेष्ठ,१२,बिहीवार २१:०२