४ माघ २०७८, मंगलवार

उत्तर कोरियाली उपनेता न्यूयोर्कमा

२०७५,जेष्ठ,१७,बिहीवार ०१:३२

0
Shares

एजेन्सी : उत्तर कोरियाली नेता किम जोङ उनका दाहिना हात मानिएका उत्तर कोरियाली अधिकारीले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग न्यूयोर्कमा एक ऐतिहासिक शिखर सम्मेलनका बारेमा छलफल गरेकाछन् ।

चिनियाँ राजधानी बेइजिंगबाट एयर चाइनाको उडान सेवाबाट जनरल किम योङ चोल अमेरिका उडे । करिब २० वर्ष यता अमेरिकाको भ्रमणमा जाने उत्तर कोरियाली नेतामा सर्वाधिक शीर्षतहका नेता हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि १२ जुनमा हुने भनिएको शिखर सम्मेलनलाई खारेज गरेपनि दुबै पक्षबाट नयाँ प्रयास भइ सिंगापुरमा अमेरिकी र उत्तर कोरियाली राष्ट्रप्रमुख बीचको वार्ताका लागि  शिखर सम्मेलनको योजना अगाडि बढाइएको हो ।

अमेरिकी विदेशमन्त्रीले जनरल किमसँग थप छलफल बिहीवारको खानामा गर्ने योजना बनाए ।

अमेरिकी कुटनीतिज्ञहरूले उत्तर कोरियाली विदेशदूतलाई पान्मुजममा भेटका छन् भने धेरै अमेरिकी कुटनीतिज्ञहरू शिखर सम्मेलनको तयारीका लागि सिंगापुर आइपुगेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शिखर सम्मेलनका बारेमा ट्विट गरी भनेका छन् –हाम्रा वार्ताका लागि दुबै देशका महान टोली साथ मिलेर काम गरेका छन् । शिखर सम्मेलनका बारेमा बैठकहरू भइरहेका छन् । उत्तर कोरियाका उपनेता किम योङ चोल न्यूयोर्कका लागि हानिएका छन् । मेरो पत्रको ठोस प्रतिक्रिया देखियो । धन्यवाद ।”

अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्ता साराह स्यान्डर्सले अर्को महिनाको भेटघाटबारे योजना बनेको पुष्टि गरिन् । उनले भनिन्– राष्ट्रपतिले भन्दै गरे झै यो वार्ता हुन्छ हामी निश्चय नै यसका लागि तयार हुनेछौं ।” 

यसक्रममा थप कुटनीतिक पहल देखा परेको छ । रुसले आफ्नो विदेशमन्त्री सर्जेइ लभारोभले बिहीबार उत्तर कोरियाको भ्रमण गर्ने घोषणा गरेको छ ।

लभारोभ र अमेरिकी विदेशमन्त्री पोम्पेओबीच पहिलो पटक टेलिफोन वार्ता बुधबार भयो ।

 उत्तर कोरियाली उपनेता किम परमाणु सम्झौताकार र उत्तर कोरियाली नेता किम जोङ उनका विश्वासपात्र हुन् । परमाणु हातहतियार समाप्त पार्नेसम्बन्धी विषय मेचमा प्रवेश भएपछि उत्तर कोरियाले के गर्न सक्ने र के गर्न नसक्ने विषयमा पूर्ण जानकारी दिन सक्ने अधिकार प्राप्त व्यक्ति हुन उपनेता किम ।

उपनेता किमको यो अमेरिका भ्रमणले शिखर सम्मेलनमा उत्तर कोरिया र अमेरिका कहाँसम्मको यात्रा गर्न सक्छन् त्यसको तयारीको खाका तयर गर्ने देखिएको छ ।
 

प्रकाशित मिति: २०७५,जेष्ठ,१७,बिहीवार ०१:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कोभिड १९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्घकालिन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको छ

काठमाडौं । लामो समयदेखि एस्टेरोयड(क्षुद्रग्रह)हरुलाई पृथ्वीका लागि खतराका रूपमा व्याख्या गरिँदै आइएको छ । यदि एस्टेरोयड पृथ्वीसँग ठोक्किए ठूलो प्रकोप

काठमाडौं । अभिनेत्री सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले गत वर्ष अमेजन प्राइम भिडियोको सुपरहिट

काठमाडौं । दक्षिणी मोरक्कोमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तिमा ४३ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा महिला र केही

ताजा समाचार