कांग्रेस सभापतिको दोस्रो मतदान : १४ सयभन्दा बढी मत खस्यो

लोकपथ
532
Shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि पुनः दोस्रो चरणको निर्वाचन जारी छ ।

पहिलो चरणको निर्वाचनमा कुनै उम्मेदवारले ५० प्रतिशत माथि मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो ।

हाल चुनावी मैदानमा सभापतिका उम्मेदवारहरु शेरबहादुर देउवा र डा. शेखर कोइराला रहेका छन् ।

साढे ३ बजेबाट सुरु भएको मतदानमा हालसम्म १ हजार ४ सयभन्दा बढी मत खसेको निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए ।

कुल ४ हजारम सय ४३ जना प्रतिनिधि रहेकोमा पहिलो चरणमा ६४ जना अनुपस्थित रहेका थिए भने कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।

त्यसो त पहिलो चरणमा पहिला भएका देउवालाई अन्य तीन उम्मेदवारको समर्थन रहेको छ । पहिलो चरणमा तेस्रा भएका प्रकाशमान सिंह, चौथोँ भएका विमलेन्द्र निधि र पाँचौँ भएका कल्याण गुरुङले समेत देउवालाई समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?